स्टार डिफेन्डर साइन गर्न चेल्सी र पिएसजी बीच प्रतिस्पर्धा

प्रिमियर लिग क्लब चेल्सी इन्टर मिलानका स्टार राइट ब्याक अच्राफ हाकिमी साइन गर्ने दौडमा सामेल भएको खबर छ।

हाल फ्रेन्च क्लब पिएसजी उनलाई साइन गर्न धेरै इच्छुक रहेको र उनी सँग वार्ता गर्दै गरेको खबर आउँदै गर्दा चेल्सी हाकिमीलाई साइन गर्न पिएसजी सँग प्रतिस्पर्धा गर्न तयार रहेको जानकारी छ। खबर अनुसार चेल्सी र इन्टर मिलान बिच हाल सम्पर्क हुँदै गरेको छ। चेल्सी पिएसजीलाई उक्त प्रतिस्पर्धामा पछि पार्दै स्टार डिफेन्डर साइन गर्न इच्छुक रहेको खबर छ।

भर्खरै सिरी ए जितेको इन्टर मिलान पनि उनको बिक्रीको लागि खुला हुने खबर रहेको बेला हाकिमी सँग पिएसजीको वार्ता सुरु गरेको थियो भने हाल सो दौडमा चेल्सी पनि सामेल भएको छ।

उनलाई बेच्न इन्टरले €८० मिलियनको माग गरेको खबर छ भने पिएसजीले €६० मिलियनको प्रस्ताव गर्दै गरेको खबर छ भने चेल्सीले पनि पिएसजीको प्रस्ताव जति तिर्न तयार हुने कुरा छ। चेल्सी उनलाई साइन गर्न इन्टरलाई आफ्नो खेलाडी दिन पनि तयार रहेको इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियोले बताएका छन्।

इन्टरमा पनि उनको निकै राम्रो खेल रह्यो भने इन्टर सँग उनले हाल लिग जितेका छन्। ४४ खेलमा उनले ७ गोल र १० असिस्ट गरेका छन्।