स्टार डिफेन्डर साइन गर्नबाट चुक्न सक्ने बार्सिलोना

BARCELONA, SPAIN - FEBRUARY 15: (L-R) Sergi Roberto of FC Barcelona, Antoine Griezmann of FC Barcelona, Ansu Fati of FC Barcelona, Lionel Messi of FC Barcelona celebrates goal 1-0 during the La Liga Santander match between FC Barcelona v Getafe at the Camp Nou on February 15, 2020 in Barcelona Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

म्यानचेस्टर सिटीका युवा डिफेन्डर एरिक गार्सियालाई बार्सिलोनाले फ्री एजेन्टको रूपमा साइन गर्ने योजना बनाएको छ तर हाल खबर अनुसार बार्सा सो ट्रान्सफरबाट चुक्न सक्ने छ।

खबर अनुसार बार्साले उनलाई प्रस्ताव गरेको सम्झौतामा परिवर्तन गरेको छ र उनको तलब केही घट्ने छ जसको कारण सो सम्झौतामा असफल हुन सक्ने जानकारी छ।

उनलाई साइन गर्न अर्सेनल, चेल्सी र पिएसजी जस्तो क्लब पनि इच्छुक रहेको छ भने उनको अवस्थामा सो क्लबको निगरानी रहेको छ।

बार्सालाई पछि पार्दै एरिक गार्सियालाई साइन गर्न अर्सेनल इच्छुक रहेको पनि खबर छ।

बार्सा र एरिक गार्सिया बिच भएको मौखिक सम्झौता संक्षिप्त हुने खतरा रहेको बेला सो कुराको फाइदा अर्सेनलले लिन सक्ने खबर छ।