स्टार डिफेन्डर साइन गर्न रियल म्याड्रिड र म्यान्चेस्टर युनाइटेड बीच प्रतिस्पर्धा

भिल्लारियलका डिफेन्डर पाउ टोरेस माथि म्यानचेस्टर युनाइटेड पनि आफ्नो निगरानी सुरु गरे पछि २४ वर्षका डिफेन्डरको लागि युनाइटेड र रियल बिच प्रतिस्पर्धा हुने देखा परेको छ।

रियल म्याड्रिडले टोरेसलाई सर्जियो रामोसको सम्भावित विकल्पको रूपमा लक्षित गर्दै छन्, यद्यपि गोलका अनुसार युनाइटेडको नजर पनि उनी माथि रहेको छ।

भिल्लारियलमा पाउ टोरेसको खेल निकै राम्रो रहेको छ भने रियलले धेरै समय देखि उनी माथि आफ्नो रुचि देखाएको छ।

उनको लागि भिल्लारियलले €६५ मिलियनको माग गर्ने खबर छ। हाल प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले पनि उनी माथि आफ्नो निगरानी राखे पछि स्टार डिफेन्डर साइन गर्न रियल म्याड्रिड र म्यान्चेस्टर युनाइटेड बिच प्रतिस्पर्धा हुने खबर छ ।