आर्सेनलका स्टार फुल ब्याक साइन गर्न बार्सिलोना र पिएसजी बिच प्रतिस्पर्धा हुने खबर छ। खबर अनुसार आर्सनलका स्टार फुल ब्याक हेक्टर बेल्लेरिन साइन गर्न बार्सा र पिएसजी इच्छुक रहेका छन्।
🚨 Hector Bellerin ready to QUIT Arsenal – with Barcelona and PSG circling
🚨 Defender tells Mikel Arteta he does NOT want to waste his best years with the Gunners https://t.co/zfDZL5RoVO #afc pic.twitter.com/D9InlfswVu
— Express Sport (@DExpress_Sport) February 22, 2021
आउँदो गर्मीमा हेक्टर बेल्लेरिनले अर्सेनल छोड्ने कुरा छ र पिएसजी धेरै समय देखि उनलाई साइन गर्न इच्छुक रहेका छन् भने बार्सा पनि सो दौडमा सामेल हुने चर्चा छ।
सिजन सुरु हुने अगाडी हेक्टर बेल्लेरिन पिएसजीको मुख्य लक्ष्य रहे पनि आर्सेनलले मागेको रकम तिर्न पिएसजी केही अनिच्छुक देखिएको थियो।
Hector Bellerin wants to leave Arsenal this summer and could join PSG, according to CBS.
Would he be a fit in Paris? 🤔 pic.twitter.com/p1wGarXcnw
— Goal (@goal) February 23, 2021
हेक्टर बेल्लेरिनले आर्सेनलको लागि राम्रो प्रदर्शन गर्दै आएका छन् चोटको कारण उनले लय केही गुमाएका थिए। खबर अनुसार हाल अर्सेनल उनलाई बेच्न तयार हुने छन् र पिएसजी र बार्सा उनलाई साइन गर्न इच्छुक छन्।