स्टार डिफेन्डर साइन गर्न चेल्सी र म्यान्चेस्टर युनाइटेड बीच प्रतिस्पर्धा

चेल्सी र म्यान्चेस्टर युनाइटेड आरबी लाइपजिगका स्टार डिफेन्डर डायोट उपामेकानो साइन गर्ने दौडमा रहेका छन्।

म्यान्चेस्टर युनाइटेड र रियल म्याड्रिड जस्तो क्लब उपामेकानोलाई साइन गर्न धेरै समय देखि इच्छुक थिए र हाल खबर अनुसार चेल्सी पनि उनलाई भित्राउन प्रतिस्पर्धा गर्न तयार छन्।

२२ वर्षका स्टार युरोपमा उत्कृष्ट डिफेन्डर मध्ये एक हुन् आरबी लाइपजिगका लागि डायोट उपामेकानोको यो सिजन उत्कृष्ट प्रदर्शन रहेको छ रियल र युनाइटेड जस्तो क्लबको निगरानी उनि माथि धेरै समय देखि रहेको छ।

उनको रिलिज क्लज £४० मिलियन रहेको खबर छ तर त्यो गर्मीको विन्डोमा मात्र सक्रिय हुने खबर छ।

हाल चेल्सी, रियल र युनाइटेड उनलाई साइन गर्ने दौडमा रहेको खबर छ।