चेल्सी र रियल म्याड्रिड बीच बायर्न म्युनिखका स्टार डिफेन्डर साइन गर्न प्रतिस्पर्धा हुने खबर छ। खबर अनुसार बायर्नका स्टार डेविड अलबा साइन गर्न रियल र चेल्सी इच्छुक रहेका छन् र दुई क्लब बीच प्रतिस्पर्धा हुने छ।
Where David Alaba would rank among highest Chelsea earners as Blues eye January transferhttps://t.co/4cGSHoF1YF
— Mirror Football (@MirrorFootball) December 10, 2020
२८ वर्षका डिफेन्डरको सम्झौता बायर्न संग सिजनको अन्त्यमा समाप्त हुने छ र दुई बीच सम्झौता विस्तारको कुरा सफल हुन सकेको छैन र अन्य क्लब उनलाई फ्री एजेन्टमा साइन गर्न इच्छुक रहेका छन्।
उनि माथि धेरै क्लबहरुको चासो रहेको छ भने चेल्सी र रियल उनलाई साइन गर्ने मुख्य दाबेदार हुन सक्ने खबर छ।
Chelsea are one of four potential destinations David Alaba’s agent has identified for the Austria defender, if he leaves Bayern Munich next summer. The others are Barcelona, Real Madrid
and PSG. [Bild] #CFCChelsea are currently looking favorite’s to get him after recent talks. pic.twitter.com/5sPVVXuuh1
— The Transfer Exchange Show (@TheTransferEx) December 10, 2020
अस्ट्रियन डिफेन्डर धेरै अनुभवी छन् र उनले टिममा राम्रो भूमिका खेल्न सक्ने छन् भने उनलाई फ्रीमा साइन गर्न पाउनु निकै राम्रो सम्झौता हुने छ।
बायर्न म्युनिख संग उनले धेरै उपाधिहरु जितेका छन् र गत सिजन मात्र बायर्न म्युनिखले च्याम्पियन्स लिगको साथ ट्रेबल जितेको थियो जसमा उनको पनि ठुलो भूमिका थियो।