स्टार डिफेन्डर साइन गर्न बार्सिलोनाले आफ्ना यी ४ खेलाडीहरु बेच्ने

बार्सिलोना जनवरी मा म्यान सिटीका डिफेन्डर एरिक गार्सिया साइन गर्न रकम जुटाउन आफ्नो चार पहिलो-टीमको खेलाडी बेच्न तयार रहेको खबर छ।

स्टार डिफेन्डर एरिक गार्सिया पनि बार्सा आउन इच्छुक रहेका छन् र सिटीले उनको लागि €१५ मिलियनको माग गरेको कुरा छ र बार्सा हाल धेरै खर्च गर्न मिल्ने अवस्थामा रहेको छैन।

खबर अनुसार सिटीका डिफेन्डर साइन गर्न बार्साले जुनियर फिर्पो, कार्लस एलेना, शमूएल उम्तिटी र मार्टिन ब्रेथवेटलाई बेच्ने छ।

बार्सिलोना सिटीका डिफेन्डर एरिक गार्सिया साइन गर्न धेरै हताश रहेका छन् यो सिजनको सुरुमा पनि बार्साले प्रयास गरे पनि सिटी संग बार्साको सम्झौता हुन सकेको थिएन भने बार्सा पनि आफ्नो खेलाडी बेच्न असफल हुदै आएको थियो। हाल बार्सा आर्थिक स .्कटको खतरामा रहेको छ बार्साले निकै ध्यान दिएर खर्च र आय प्रबन्ध गर्नु पर्ने छ।

लियोनका दिपे पनि बार्साको लक्ष्य रहेको छ र ४ खेलाडीको बिक्रिबाट उनलाई पनि साइन गर्ने बार्साको योजना देखिन्छ।