स्टार डिफेन्डर साइन गर्ने प्रयासमा पिएसजी

फ्रेन्च क्लब पिएसजी चेल्सीका स्टार डिफेन्डर रुडिगर सँग सम्झौता गर्ने तयारीमा रहेको खबर छ। रुडिगरको चेल्सी सम्झौता यो वर्षको जुनमा अन्त्य हुने छ भने अहिले देखि नै रुडिगर अन्य क्लब सँग सम्झौता गर्न सक्षम रहेका छन् भने हाल खबर अनुसार पिएसजी उनलाई साइन गर्न इच्छुक रहेको छ।

चेल्सीले रुडिगर सँग सम्झौता विस्तार गर्न तयार रहे पनि दुई बिच वार्ता भने सफल हुन सकेको छैन र रुडिगरको तलब माग ठुलो अवरोध बनेको जानकारी छ।

ला लिगा क्लब रियल म्याड्रिड पनि उनलाई साइन गर्न इच्छुक रहेको थियो भने दुई बिच वार्ता पनि भएको खबर छ भने रियल पनि उनको तलब मागबाट खुसी नरहेको र सो कारण दुई बिच वार्ता टुक्रिएको खबर छ।

खबर अनुसार रुडिगरले €११ मिलियन प्रति वर्षको तलब माग गर्दै आएका छन् र हाल पिएसजीले उनलाई €७ मिलियन प्रति वर्षको प्रस्ताव गरेको जानकारी छ।