स्टार डिफेन्डर साइन गर्ने प्रयासमा बार्सा

ला लिगा क्लब बार्सिलोना नयाँ डिफेन्डरको खोजीमा रहेको छ र हाल खबर अनुसार चेल्सीका स्टार डिफेन्डर एन्ड्रियास क्रिस्टेनसेन माथि बार्साको नजर रहेको छ। स्काई इटालियाका जियानलुका डि मार्जियोले चेल्सीमा क्रिस्टेनसेनको भविष्य अनिश्चित रहेको बताएका छन् भने हालै उनले आफ्नो एजेन्ट परिवर्तन गरेको जानकारी छ।

२५ वर्षीय स्टार चेल्सी सँग चार वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गर्न नजिक थिए तर दुई बिचको वार्ता असफल भएको थियो। गत महिना चेल्सीका प्रशिक्षक थोमस टुचेलले क्रिस्टेनसेनको ’boutमा छिट्टै ‘राम्रो समाचार’ आउने बताएका थिए, तर त्यो साकार हुन सकेन।

हाल ढाडको समस्याबाट स्टार सेन्टर ब्याक मैदान बाहिर रहेका छन् र यो सिजन अहिलेसम्म चेल्सीको लागि उनले १३ प्रिमियर लिग खेल खेलिसकेका छन्।

२०१२ मा युवा खेलाडीको रूपमा चेल्सीमा सामेल भएपछि, क्रिस्टेनसेनले १४६ पटक सिनियर पक्षबाट खेलेका छन्। हाल उनलाई साइन गर्न ला लिगा क्लब बार्सा इच्छुक रहेको जानकारी छ र बार्साले आफ्नो प्रयास सुरु गर्ने रिपोर्ट छ।