स्टार डिफेन्डर साइन गर्न चेल्सी €५० मिलियन खर्च गर्न तयार

प्रिमियर लिग क्लब चेल्सीले यो ट्रान्सफर विन्डो अन्त्य हुन अगाडी नयाँ डिफेन्डर साइन गर्न सक्ने खबर छ। खबर अनुसार चेल्सीले सेभिल्लाका युवा स्टार जुलेस कौंडेलाई साइन गर्न €५० मिलियनको प्रस्ताव पठाएको खबर छ।

यो ट्रान्सफर विन्डो चेल्सीको प्रमुख ट्रान्सफर रोमेलु लुकाकु हुन् भने हाल चेल्सीको नजरमा नयाँ डिफेन्डर रहेको छ। जुलेस कौंडे चेल्सीको नजरमा रहेको छ भने उनलाई साइन गर्न चेल्सी ५० मिलियन खर्च गर्न तयार रहेको जानकारी छ। जुलेस कौंडे पनि चेल्सी जान इच्छुक रहेका छन् भने सेभिल्लालाई ट्रान्सफरको लागि दबाब दिन उनी प्रशिक्षणमा सामेल भएका छैनन्।

खबर अनुसार कौंडेको लागि सेभिल्लाले €५० मिलियन भन्दा बढी माग गर्ने छ तर हाल सो बारे चेल्सी सँग सेभिल्लाको वार्ता हुँदै गरेको जानकारी छ।

२२ वर्षका डिफेन्डरको खेल ला लिगामा निकै राम्रो रहेको छ भने उनी हाल विश्व फुटबलको उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक रहेका छन्।

रियलले बायर्न म्यूनिखका स्टार डिफेन्डर डेभिड अलाबा साइन गरेको छ भने म्यानचेस्टर युनाइटेड रियलका राफाएल भरान साइन गरेको बेला दुवै क्लबले युवा डिफेन्डरको खर्च नगर्न सक्ने रिपोर्ट रहेको छ जसको फाइदा चेल्सीले लिन सक्ने छ