स्टार डिफेन्डर साइन गर्दै बार्सिलोना

म्यानचेस्टर सिटीका युवा डिफेन्डर एरिक गार्सियालाई बार्सिलोनाले फ्री एजेन्टको रूपमा साइन गर्ने खबर छ। गार्सियाले सिटी सँग आफ्नो अनुबन्ध विस्तार गर्ने अवसरलाई अस्वीकार गर्दै र बार्सामा जान व्यक्तिगत सर्तहरूमा सम्झौता गरेको खबर छ।

बार्सा उनलाई जनवरीको ट्रान्सफर विन्डोमै भित्राउन इच्छुक छन् तर उनी आउँदो गर्मीको विन्डोमा फ्री एजेन्टको रूपमा मात्र क्लबमा सामेल हुन सक्ने फाब्रीजियो रोमानोले बताए।

फाब्रीजियो रोमानोका अनुसार गर्मीको ट्रान्सफर विन्डोमा उनी बार्सामा आउने छन्। बार्सा र एरिक गार्सिया बिचको सम्झौता २०२६ सम्मको हुने पनि उनले रोमानोले बताए।

एरिक गार्सिया धेरै समय देखि बार्सिलोनाको मुख लक्ष्य रहेका थिए भने गार्सिया पनि बार्सा फर्किन इच्छुक थिए। अर्सेनल, पिएसजी जस्तो क्लबहरूको नजर पनि उनी माथि थियो।