स्टार डिफेन्डर साइन गर्दै लिभरपुल

लिभरपुल आरबी लाइपजिगका सेन्टर-ब्याक इब्राहिमा कोनाटे साइन गर्न निकै नजिक पुगेको खबर छ। हाल लिभरपुलले भ्यान डाइक जस्तो आफ्नो स्टार डिफेन्डरहरू चोटको कारण गुमाएको छ र यो सिजन लिभरपुलको खेलमा चोटहरूले धेरै असर गरेको छ।

जो गोमेज र भ्यान डाइकको चोट पछि लिभरपुलको खेल निकै खराब हुन पुगेको थियो हाल खबर अनुसार लिभरपुल नयाँ डिफेन्डर साइन गर्न धेरै नजिक पुगेको छ।

लिभरपुलले आरबी लाइपजिगका सेन्टर-ब्याक इब्राहिमा कोनाटेलाई साइन गर्ने प्रक्रियाको अन्तिममा पुगेको खबर छ। रेड्सले उनको €४० मिलियनको रिलिज क्लज सक्रिय गर्दै उनलाई साइन गर्ने खबर छ।

२१ वर्षका डिफेन्डरको खेल निकै राम्रो रहेको छ भने उनले फ्रान्सको यु२१ टिमबाट पनि खेलेका छन्।