स्टार डिफेन्डरमा चेल्सीको नजर

प्रिमियर लिग चेल्सी युभेन्टसका म्याथिज डि लिग्टलाई साइन गर्न इच्छुक रहेको जानकारी छ। आफ्नो केही स्टार डिफेन्डहरुको सम्झौता अन्त्य हुने क्रममा रहेको बेला चेल्सी हाल नयाँ डिफेन्डहरुको खोजीमा रहेको छ भने डि लिग्ट माथि चेल्सीको नजर रहेको जानकारी छ।

डि लिग्ट क्लब छोड्न इच्छुक हुने जानकारी छ भने युभे पनि उनलाई बेच्न खुल्ला हुने रिपोर्ट छ र अन्य धेरै क्लबको पनि नजर उनीमा रहेको बेला चेल्सीले पनि आफ्नो चासो स्पष्ट गरेको छ।

डि लिग्ट २०१९मा आयाक्सबाट युभेन्टस आएका थिए भने हाल सम्म युभेन्टसमा उनले ९४ खेल खेल्दै ६ गोल र २ असिस्ट गरेका छन्।

चेल्सीका स्टार एन्टोनियो रुडिगर र सेजर एजपिलिकुएटाले सिजनको अन्त्यमा क्लब छोड्ने सम्भावना धेरै बढे पछि हाल चेल्सी नयाँ डिफेन्डरको खोजीमा रहेको छ।