युभेन्टस हाल एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्माको स्थितिलाई निगरानी गरिरहेका छन्।
#ACMilan goalkeeper Gigio Donnarumma reportedly continues to ask for €10m a season to renew with the Diavolo, who offer €7m plus bonuses. https://t.co/Dr41XRQO4P#SerieA #Rossoneri pic.twitter.com/soLrMzBu6G
— footballitalia (@footballitalia) February 1, 2021
इटालीका युवा गोलकिपरको वर्तमान सम्झौता यस सिजनको अन्त्यमा समाप्त हुने छ र मिलान सँग उनको सम्झौता विस्तार वार्ता असफल हुँदै आएको बेला अन्य क्लबको नजर उनी माथि रहेको छ।
खबर अनुसार हाल युभे उक्त स्टार गोलकिपर साइन गर्न धेरै इच्छुक छन्। खबर अनुसार उनलाई साइन गर्न युभे उनको र उनको एजेन्ट मिनो राइओलाको माग पुरा गर्न तयार छन्।
Juventus willing to match Raiola demands for AC Milan keeper Donnarumma https://t.co/GXiYLLrfAu #football #news #sport pic.twitter.com/JzxfN0MEtP
— DAVID PREMIER (@davidpremier) February 1, 2021
राइओलाको माग डोनारुम्माको लागि वार्षिक €१० मिलियनको तलब रहेको छ। मिलानले उनलाई अन्तिम प्रस्तावको रूप €७ मिलियन दिन तयार रहेको कुरा छ जुन अस्वीकार भएको थियो।
डोनारुम्माका एजेन्टको अझै धेरै मागहरु पनि रहेको छ। उनलाई अहिले साइन गर्न मिलानलाई €४० मिलियन र आफूलाई €३० मिलियन दिन पर्ने राइओलाको माग रहेको खुलेको छ।