स्टार गोलकिपर साइन गर्ने तयारीमा युभेन्टस

युभेन्टस स्टार इटालियन गोलकिपर साइन गर्ने दौडमा रहेको खबर छ। एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्माको क्लब सँग सम्झौता आउँदो जूनमा अन्त्य हुने छ र उनी फ्री एजेन्टको रूपमा क्लब छोड्न सक्ने छ र उनको स्थितिमा धेरै ठुलो क्लबहरूको नजर रहेको जानकारी छ।

हाल खबर अनुसार युभेन्टसले उनको अवस्थामा नजर राखेको छ र उनलाई साइन गर्न युभे धेरै इच्छुक छ।

म्यानचेस्टर युनाइटेड र चेल्सीको नजर पनि उक्त स्टार इटालियन गोलकिपर रहेको छ र युभेन्टस उनलाई साइन गर्न प्रतिस्पर्धा गर्न तयार रहेको कुरा छ।

२२ वर्षका युवा स्टारको सम्झौता आउँदो जूनमा अन्त्य हुने छन् र अर्को सिजन नयाँ क्लबमा जान उनी स्वतन्त्र हुने छन्।

२०१३मा एसी मिलानको युवा एकेडेमीमा सम्मिलित भएपछि, डोनारुम्माले सिनियर टिम २४७ खेलहरू खेलेका छन्। मिलान सँग उनको वार्ता असफल हुँदै गए पछि उनले क्लब छोड्ने धेरै हल्ला रहेको छ र हाल खबर अनुसार युभेन्टस, चेल्सी र म्यानचेस्टर युनाइटेडजस्तो क्लबहरूको नजर उनी माथि रहेको छ।