स्टार गोलकिपर साइन गर्ने दौडमा बार्सा र युभेन्टस

इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोना एसी मिलानका स्टार गोलकिपर साइन गर्ने दौडमा रहेको खबर छ। एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्माको क्लब सँग सम्झौता आउँदो अन्त्य भएको छ र उनी फ्री एजेन्टको रूपमा क्लब छोड्न स्वतन्त्र छन् र उनको स्थितिमा धेरै ठुलो क्लबहरूको नजर रहेको थियो भने सिजन अन्त्य भए पछि उनलाई साइन गर्ने प्रयासमा क्लबहरू रहेको छ।

हाल खबर अनुसार युभेन्टसउनको एजेन्ट सँग सम्पर्कमा रहेको छ भने उनको एजेन्टले स्टार गोलकिपरलाई बार्सामा पनि प्रस्ताव गरेको थियो र दुवै क्लब उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

म्यानचेस्टर युनाइटेड र चेल्सीको नजर पनि उक्त स्टार इटालियन गोलकिपर रहेको छ चर्चा भए पनि युभेन्टस उनको गन्तव्य हुन सक्ने खबर छ। बार्सा उनलाई साइन गर्न इच्छुक रहे पनि आफ्नो गोलकिपर टेर स्टेगनको भविष्यमा सो निर्णय निर्भर हुने खबर छ।

२०१३मा एसी मिलानको युवा एकेडेमीमा सम्मिलित भएपछि, डोनारुम्माले सिनियर टिम २४७ खेलहरू खेलेका छन्। मिलान सँग उनको वार्ता असफल हुँदै गए पछि उनी हाल फ्री एजेन्ट बनेका छन् र हाल खबर अनुसार बार्सा, युभेन्टस, चेल्सी र म्यान युनाइटेड जस्तो क्लबहरूको नजर उनी माथि रहेको छ।