स्टार खेलाडी साने म्यान्चेस्टर सिटी छाड्ने तयारीमा

इंग्लिस क्लब म्यान्चेस्टर सिटीका स्टार खेलाडी लिरोए सानेको लागि निक्कै ठूलो रकम बजेट माग गरेको छ। जर्मन युवा खेलाडीलाई जर्मन क्लब बायर्न म्युनिखले अनुबन्ध गर्न विशेष गृहकार्य थालेको छ।

मिडिया रिपोर्टअनुसार उनलाई क्लबमा भित्राउन लागि परेको छ। साने जर्मन जान सहमत भएको खबर पनि बाहिर आएको छ। बायर्नले भने हालसम्म कुनैपनि सहमति नभएको बताएको छ तर भित्रभित्रै सानेलाई बायर्न क्लबमा अनुबन्ध गर्न लागिपरेको छ।

२०१८/१९ सिजनको प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीभने क्लबको इतिहासकै कीर्तिमानी रकममा सानेलाई बेच्ने संकेत जनाएको छ। सिटीले सानेको रकम १५० मिलियन भन्दा बदि तोकेको छ।