रियल म्याड्रिड पिएसजीका सुपरस्टार किलियन एम्बाप्पे साइन गर्न चाहन्छन् र धेरै समय देखि रियलको नाम एम्बाप्पे संग जोडिएको छ।
Real Madrid Ready to pay 200m for Kylian Mbappe after Mbappe’s Contract runs out they are ready to sell 6 players to make up the funds pic.twitter.com/8GcbPdEQl7
— SportsGlobala7 (@JustFootballTh1) January 12, 2021
एम्बाप्पेको सम्झौता २०२२मा अन्त्य हुने छ भने पिएसजी संग उनले सम्झौता विस्तार गरेका छैनन्। रियलका कोच जिदान, एम्बाप्पे फ्यान हुन् र उनलाई साइन गर्न जिदानले सबै प्रयास गर्ने कुरा छ।
हालको अवस्थामा क्लबहरुलाई ठुलो खर्च गर्न गार्हो भएको छ र एम्बाप्पेलाई साइन गर्न रियलले आफ्नो ६ खेलाडीहरु अफ-लोड गर्ने कुरा छ।
Real Madrid are reportedly planning to sell SIX players in ‘Operation Mbappe’ to raise funds to sign PSG starhttps://t.co/QpT6uJc0kt
— talkSPORT (@talkSPORT) January 13, 2021
खबर अनुसार क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज विश्वस्त छन् कि एम्बाप्पे १३ पटकका च्याम्पियन्स लीग विजेता टिममा सामेल हुन चाहन्छन् र उनको लागि टिममा ठाउँ बनाउन रियल आफ्नो छ खेलाडीहरु बेच्ने छ।
खबर अनुसार उक्त ६ खेलाडीको सुचीमा पर्ने खेलाडी ग्यारेथ बेल( जो हाल लोनमा स्पर्समा छन्), डानि सेबायस( जो हाल लोनमा अर्सेनलमा छन्), ब्राहिम डियाज( जो हाल लोनमा मिलानमा छन्), लुका जोविक, इस्को र मार्सेलो हुन्।