स्टार खेलाडी भित्र्याउने डौडमा चेल्सी र म्यान्चेस्टर सिटि

एजेन्सी, एस्टन भिलाका इङ्लिस स्टार खेलाडी ज्याक ग्रिलिस भित्र्याउने डौडमा इङ्लिस क्लब म्यान्चेस्टर सिटिका साथसाथै अर्का इङ्लिस क्लब चेल्सी पनि देखिएको छ। रिपोर्टका अनुसार चेल्सी ग्रिलिसका लागि १०० मिलियन पाउन्डको प्रस्ताव गर्ने राम्रो स्थितिमा रहेको छ।

ग्रिलिस हाल २०२५ सम्मका लागि एस्टन भिलामा अनुबन्धित छन्। विगत केही दिन देखि म्यान्चेस्टर सिटि ग्रिलिस भित्र्याउने डौडमा अगाडी देखिएता पनि अहिले चेल्सी ग्रिलिस भित्र्याउन राम्रो स्थितिमा रहेको मानिएको छ। रिपोर्टका अनुसार ग्रिलिस भित्र्याउने डौडमा चेल्सी र म्यान्चेस्टर सिटिका साथसाथै अर्का इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड पनि रहेको छ।
२५ वर्षका इङ्लिस खेलाडी ग्रिलिस एस्टन भिलाको एकेडेमीका उत्पादन हुन्। उनले एस्टन भिलाका लागि २१३ खेल खेली सकेका छन् जस्मा उनले ३२ गोल पनि गरेका छन्। इङ्लिस राष्ट्रिय टोलीका लागि भने उनले ७ खेल खेलेका छन्।