स्टार खेलाडीहरूले भरिएको फ्रान्सको राष्ट्रिय टिम- युरो जित्ने ठुलो मौका

आउँदो युरो २०२०को लागि डिडिएर डेस्चेम्प्सले फ्रान्सको टिमको घोषणा गरेका छन् र फ्रान्सको टिम स्टार खेलाडीहरूले भरिएको छ। ५२ वर्षका कोचले फ्रान्सलाई विश्वकप जिताएका थिए भने हाल उनको नजर युरो कपमा हुने उक्त प्रतियोगिता जित्न उनी सँग स्टारहरूले भरिएको फ्रान्स टिम रहेको छ।

फ्रान्सको पहिलो रोजाइको खेलाडीहरू देखि तेस्रो रोजाइमा पर्ने खेलाडीहरू निकै उत्कृष्ट रहेको छ। डेस्चेम्प्सले बेन्जेमा राख्ने निर्णय लिएका छन् र ६ वर्ष पछि उनी फ्रान्सको राष्ट्रिय टिममा फर्केका छन् र उनको वापसीले फ्रान्सको टिमलाई अझै शक्तिशाली बनाएको छ।

यो पनि पढ्नुहोस्:- स्टार खेलाडीहरूले भरिएको पोर्चुगल- युरो २०२१ र २०२२ विश्वकप जित्ने ठुलो मौका

राफेल भरान, क्लेमेन्ट लेन्गलेट, कर्ट जाउमा, प्रिसिपल किम्पेम्बे र जुल्स कौंडे जस्तो स्टार डिफेन्डरहरुको साथ फ्रान्सको डिफेन्स निकै राम्रो रहेको छ भने मिडफिल्डमा पल पोग्बा, राबियोट र एन’गोलो कान्टे जस्तो खेलाडी छन् र फोवार्डमा एम्बाप्पे, लेमार, डेम्बेले, कोमन र एन्टोनी ग्रिजम्यान जस्तो खेलाडी छन् भने सेन्ट्रल स्ट्राइकरको रुपमा बेन्जेमा, जिरुद र बेन येदरको साथ फ्रान्स निकै बलियो टिम बनेको छ।

फ्रान्स ग्रुप एफमा जर्मनी, हंगेरी र युरो २०१६ च्याम्पियन पोर्चुगलको साथमा रहेको छ। फ्रान्सको ट्रफी क्याबिनेटमा युरो कप थप्ने डेसचेम्प्सको नजर हुने छ भने सो कुरा सफल गर्न उनी सँग निकै स्टार खेलाडीहरूले भरिएको टिम रहेको छ।