स्टार खेलाडीहरूले भरिएको पोर्चुगल- युरो २०२१ र २०२२ विश्वकप जित्ने ठुलो मौका

यस सिजनमा प्रिमियर लिगमा पोर्चुगलका स्टार खेलाडीहरूको बिगबिगी रहेको छ। हाल प्रिमियर लिगमा ब्रुनो फर्नांडिस, रुबेन डियस, जाओ क्यान्स्लो, बर्नार्डो सिल्भा र डियोगो जोटा जस्तो खेलाडीहरूको प्रदर्शन निकै राम्रो रहेको छ- जसले पोर्चुगल राष्ट्रिय टिमलाई धेरै मद्दत पुग्न सक्छ। पोर्चुगल टिमको लागि धेरै स्टार खेलाडीहरू उपलब्ध हुने छ जसले पोर्चुगललाई युरो २०२१ जित्ने ठुलो मौका दिने छ भने २०२२को विश्वकप पनि पोर्चुगलको योजनामा हुन सक्ने छ।

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन जारी रहेको छ भने पोर्चुगलमा हाल स्टार खेलाडीहरूको कमि नरहेको बेला युरो २०२१ र २०२२ विश्वकप पोर्चुगलको लागि सुनौलो अवसर हुने छ।

पोर्चुगलको लागि उपलब्ध हुने सबै पोजिसनको स्टार खेलाडीहरूको सुची तल हेर्नुहोस्:-

GK – Rui Patricio (Wolves) & Anthony Lopes (Lyon)

RB – Joao Cancelo (Man City) & Ricardo Pereira (Leicester)

CB – Ruben Dias (Man City) & Domingos Duarte (Granada)

CB – Pepe (FC Porto) & Jose Fonte (Lille)

LB – Raphael Guerreiro (Borussia Dortmund) & Mario Rui (Napoli)

CM – Renato Sanches (Lille) & Ruben Neves (Wolves)

CM – Danilo Pereira (PSG) & William Carvalho (Real Betis)

RW – Bernardo Silva (Man City) & Pedro Goncalves (Sporting Lisbon)

CAM – Bruno Fernandes (Man United) & Sergio Oliveira (FC Porto)

LW – Cristiano Ronaldo (Juventus) & Diogo Jota (Liverpool)

ST – Joao Felix (Atletico Madrid) & Andre Silva (Eintracht Frankfurt)