प्रिमियर लिग क्लब लिभरपुल हाल स्थानान्तरण संकटमा रहेको ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले बताए, उनको अनुसार खेलाडीहरू लिभरपूलमा सम्मिलित हुन चाहँदैनन्।
Fabrizio Romano says a lot of players don’t want to join #LFC due to competition.
“A lot of players now don’t want to join Liverpool, play 5, 6, 7 matches, before the big ones are coming back from their injuries and then the new signings are on the bench again for the season.”
— Watch LFC (@Watch_LFC) January 9, 2021
लिभरपूल हाल खेलाडीको चोटको कारण केहि गार्हो स्थतिमा छ र स्टार डिफेन्डर भ्यान डाईक चोटग्रसित रहेको समय लिभरपूल उनको विकल्पमा नयाँ डिफेन्डर साइन गर्न असफल हुदै आएको छ।
ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले सो कुराको कारण पनि बताए। उनले उनको पोडकास्टमा भने “धेरै खेलाडीहरू लिभरपूलमा सम्मिलित हुन चाहँदैनन् किनकि क्लबका चोटग्रसित स्टारहरु टिम फर्किए पछि सो नयाँ खेलाडीले टीममा धेरै खेल समय पाउन सक्षम हुँदैनन्।
“A lot of players now don’t want to join Liverpool” 🤔
An intriguing take on a potential transfer dilemma for Jurgen Klopp https://t.co/qazqo6USN6 pic.twitter.com/c3knUulwQG— Liverpool FC News (@LivEchoLFC) January 8, 2021
“क्लोपले नयाँ सेन्टर ब्याकको रुपमा ‘जो कोहि’ लाई साइन नगर्ने बताए र उनको चासो स्टार डिफेन्डरमा छ तर सो स्टार डिफेन्डर लिभरपूलको खेलाडीहरु चोटबाट फर्किए पछि बेन्चमा बस्न पर्ने हुन सक्ने छ जुन सबै खेलाडीलाई थाहा छ र सबै खेलाडीहरु खेल्न चाहन्छन्।”