एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्माको क्लब सँग सम्झौता आउँदो जूनमा अन्त्य हुने छ र उनी फ्री एजेन्टको रूपमा क्लब छोड्न सक्ने छ र उनको स्थितिमा धेरै ठुलो क्लबहरुको नजर रहेको जानकारी छ।
📰 Tuttosport: Juventus dream of snatching Donnarumma from rivals #ACMilan – the player’s stancehttps://t.co/unCEsuYDXK #SempreMilan
— SempreMilan (@SempreMilanCom) March 19, 2021
युभेन्टस, म्यान्चेस्टर युनाइटेड, चेल्सी र पिएसजी जस्तो क्लबको नजरमा उक्त स्टार इटालियन गोलकिपर रहेको खबर छ।
२२ वर्षका युवा स्टारको सम्झौता आउँदो जूनमा अन्त्य हुने छन् र अर्को सिजन नयाँ क्लबमा जान उनी स्वतन्त्र हुने छन्।
खबर अनुसार युभेन्टस र पिएसजीको नजर उनी माथि रहेको छ। पिएसजी नयाँ गोलकिपरको खोजीमा रहेको छ। स्पर्सका गोलकिपर ह्युगो लोरीसमा पनि पिएसजीको नजर रहे पनि जियानलुजी डोनारुम्मालाई फ्री एजेन्टमा साइन गर्नु पिएसजीको लागि राम्रो हुन सक्ने छ।
[#Mercato🔄] En fin de contrat, Gianluigi #Donnarumma n’est toujours pas tombé d’accord avec l’#ACMilan pour prolonger !#Chelsea, la #Juventus et le #PSG sont attentifs à la situation. (@Gazzetta_it) pic.twitter.com/fr8dBh1XvD
— System Foot (@SystemFoot) March 25, 2021
मिलान पनि उनी सँग सम्झौता विस्तार गर्ने प्रयासमा रहेको खबर छ। डोनारुम्माको माग वार्षिक €१० मिलियनको तलब रहेको छ। मिलानले उनलाई €७ .५ मिलियनको प्रस्ताव गर्दै आएका छन्।