एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्माको क्लब सँग सम्झौता आउँदो जूनमा अन्त्य हुने छ र उनी फ्री एजेन्टको रूपमा क्लब छोड्न सक्ने छ र उनको स्थितिलाई चेल्सी र पिएसजीले निगरानी गरिरहेको खबर छ।
Chelsea are keeping an eye on AC Milan’s Donnarumma. The 22 year old’s contract expires at the end of the season.
(via @DeanJonesBR) pic.twitter.com/9RmEZQilb8
— Transferchanger (@TransferChanger) March 2, 2021
२२ वर्षका युवा स्टारको सम्झौता आउँदो जूनमा अन्त्य हुने छन् र अर्को सिजन नयाँ क्लबमा जान उनी स्वतन्त्र हुने छन्।
खबर अनुसार चेल्सी र पिएसजीको नजर उनी माथि रहेको छ। चेल्सीले उनलाई केपाको विकल्पमा प्रयोग गर्न सक्ने कुरा छ। पिएसजी पनि नयाँ गोलकिपरको खोजीमा रहेको छ। स्पर्सका गोलकिपर ह्युगो लोरीसमा पनि पिएसजीको नजर रहे पनि जियानलुजी डोनारुम्मालाई फ्री एजेन्टमा साइन गर्नु पिएसजीको लागि राम्रो हुन सक्ने छ।
🚨MERCATO🚨#Chelsea and #PSG have shown interest to sign #Donnarumma as a free agent. #ACMilan working to extend his contract. #Raiola asks €10M/year and a short renew (1 or 2 years). #Maldini offered 5-years contract (€7,5M/year) without clause.#ChelseaExeterTV #CFC pic.twitter.com/p1Ri1dpgwd
— Chelsea Exeter TV (@ChelseaExeterTV) March 2, 2021
मिलान पनि उनी सँग सम्झौता विस्तार गर्ने प्रयासमा रहेको खबर छ। डोनारुम्माको माग वार्षिक €१० मिलियनको तलब रहेको छ। मिलानले उनलाई €७ .५ मिलियनको प्रस्ताव गर्दै आएका छन्।