स्टार्टिंग एलेवेनमा परेनन् रोनाल्डो

म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनमा आज आफ्नो पहिलो खेल खेदै छ भने क्लबका सुपरस्टार रोनाल्डो भने स्टार्टिंग एलेवेनमा रहेका छैनन्।

म्यानचेस्टर युनाइटेडले आज नेपाली समय अनुसार ६:४५मा ब्राइटन विरुद्ध आफ्नो पहिलो लिग खेल खेल्दै छ भने सो खेलमा क्लबका स्टार रोनाल्डो बेन्चमा हुने भएका छन्। म्यानचेस्टर युनाइटेडको सिजनको पहिलो खेलको लागि धेरै फ्यानहरू उत्साहित रहेका थिए र रोनाल्डो स्टार्टिंग एलेवेन नरहे पछि केही फ्यानहरू भने खुसी छैनन्।

रोनाल्डो म्यानचेस्टर युनाइटेडको प्रि-सिजन मैत्रीपूर्ण खेलहरूमा पनि धेरै संलग्न रहेका थिएनन् उनी क्लब छोड्न इच्छुक रहेका थिए भने प्रि सिजन मैत्रीपूर्ण खेल अन्तर्गत म्यानचेस्टर युनाइटेडको अन्तिम खेल रायो भालेकानोबिरुद्ध उनी टिममा रहेका थिएनन् तर रोनाल्डोले युनाइटेडका लागि पहिलो हाफ मात्र खेलेका थिए।

च्याम्पियन्स लिग क्लब खोज्दै गरेको रोनाल्डोको उक्त खेल युनाइटेडका लागि प्री सिजनमा पहिलो खेल खेलेको थियो।