स्कटल्याण्डका गिल्मोरलाइ कोरोना संक्रमण

एजेन्सी, स्कटल्याण्डका खेलाडी बिलि गिल्मोर कोरोना संक्रमित भएको छ। उनी १० दिन आइसोलेशनमा बस्ने स्कटल्याण्डले जनाएको छ। संक्रमित भएसंगै उन्ले युरोपियन च्याम्पियनसिप अन्तर्गत समूह “डि” को अन्तिम क्रोएसियाविरुद्धको खेल गुमाउने भएको छ।

इंग्ल्याण्डविरुद्ध म्यान अफ डि म्याच चुनेका गिल्मोर स्कटल्याण्डका लागि ठूलो क्षति हुनेछ। समुहको अन्तिम खेल निकै नै महत्त्वपूर्ण मानिएको खेलमा उनी स्कटल्याण्डका लागि मैदान उत्रिने छैनन्।

उन्को अनुपस्थितिले स्कटल्याण्डको मिडफिल्ड केही कम्जोर देखिनसक्दछ। उनी १० दिन आइसोलेशनमा बस्नु पर्ने भए पछि उन्को यस प्रतियोगिताको अन्तिम खेल इग्ल्याण्डविरुद्धको हुनेछ।