सोल्सरको युनाइटेडसँग नयाँ सम्झौता

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सरले युनाइटेडसँगको सम्झौता लम्ब्याएका छन्। रिपोर्टका अनुसार उनी कम्तिमा २०२४ सम्म क्लबमा प्रशिक्षकका रुपमा अनुबन्धित भएका हुन्।

म्यान्चेस्टर युनाइटेडका पुर्व प्रशिक्षक जोसे मोरिन्होको निष्कासन पछि डिसेम्बर २०१८ मा सोल्सरले कार्यवाहक प्रशिक्षकको रुपमा क्लब सम्हालेका थिए। कार्यवाहक प्रशिक्षकको रुपमा उनले उत्कृष्ट प्रदर्शन गरेकाले मार्च २०१९ मा उनी स्थायी प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। उनको प्रशिक्षणमा युनाइटेडले १५१ खेल खेलेका छन्।
४८ वर्षका नर्वेजियन प्रशिक्षक सोल्सर युनाइटेडका पुर्व खेलाडी पनि हुन्। उनी १९९६ देखि २००७ सम्म क्लबमा खेलाडीका रुपमा अनुबन्धित थिए। उनले म्यान्चेस्टर युनाइटेडका लागि ३६६ खेल खेलेका थिए जस्मा उनले १२६ गोल गर्न सफल पनि भएका थिए।