सोमबार देखि रियल म्याड्रिडका खेलाडी प्रशिक्षण फर्किने

रियल म्याड्रिडका खेलाडीहरू सोमबार देखि प्रशिक्षणमा फर्किने खबर छ।

मार्च १२ पछि, स्पेनको सरकारले भाइरसलाई रोक्नको लागि लकडाउन घोषणा गरेपछि रियल म्याड्रिडका खेलाडीहरू र ब्याक रुमका कर्मचारीहरू लकडाउनमा थिए।

खेलाडीहरूले आ-आफ्नो घरबाट फिटनेस प्रणालीहरू सञ्चालन गरिरहेका छन् भने घाइते खेलाडी एडन हजार्ड र मार्को एसेन्सीओलाई खेल गतिविधिको रोकले केहि फाइदा पुगेको छ।

लालिगा अभियान अब जूनको बीचमा पुनः सुरू हुने योजना पछि, रियल म्याड्रिडले ५७ दिन पछि पहिलो प्रशिक्षण सत्र सोमबार, ११ मेमा गर्ने भनेर पुष्टि गरेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ