सोमपाल कामीले ग्लोबल टि-२० खेल्ने पक्का

चर्चित नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीले पहिलो पटक विदेशी लिग खेल्ने भएका छन् । उनलाई विनिपेग हक्सले छनोट गरेको हो ।

बिहिबार भएको क्यानडा ग्लोबल टि-२० को ड्राफ्टमा तीन हजार अमेरिकी डलर रकम तिरेर सोमपाललाई विनिपेग हक्सले छनोट गरेको हो। यो प्रतियोगिता अब आउँने जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानाडामा सन्चालन हुनेछ।

सोमपाल पहिलो पटक देश बाहिरको लिगको ड्राफ्टबाट अन्तिम टोलीमा छनोट भएका हुन् ।