सोमपालको टिम पराजित

ग्लोबल टी–२० क्रिकेट लिगमा सोमपाल कामी सम्मिलित रहेको विनिपेग होक्सले हार ब्यहोरेको छ। बिहिबार सम्पन्न खेलमा होक्स टोली ब्राम्प्टन वुल्भ्ससंग ७ विकेटले हारेको हो।

विश्वकप छनोटको खेल सकाएर ग्लोबल टी–२० खेल्न क्यानडा पुगेका सोमपाल भने प्लेईङ सेटमा पर्न असफल रहे। उनले पहिलो विदेशी लिगको फ्रेन्चाईज खेलमा डेब्युका लागि अझै केही समय पर्खनुपर्ने देखिएको छ।

पहिले ब्याटिङ गरेको होक्स १८.५ ओभरमा ११६ रनमा अलआउट भयो। साइमान अनवरले ३१ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन। पुछारका ब्याट्सम्यान कलिम सानाले २७ र सन्नी सोयलले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अंक बनाउँन सकेन्।

वुल्भ्सका लागि रोहन मुस्तफा, इस सोधी, सहिद अफ्रिदी र जाहोन खानले समान २-२ विकेट लिए । सेसिल परवेजले १ विकेट लिए ।

१ सय १७ रनको सामान्य लक्ष्य सहित मैदान उत्रिएको वुल्भ्सले १४. ३मा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भए। कप्तान कोलिन मुन्रोले ५३ रन बनाउदै टिमको जित निश्चित गरेको थिए। बाबर हायातले ३७ रन तथा ओपनर लेन्डी सिमोन्सले २२ रन बनाएका थिए। होक्सका मोहमद इरफानले सर्वाधिक २ विकेट लिएका थिए।

जितसँगै उल्भ्स ३ खेलमा ६ अंक बटुलेर तालिकाको शीर्ष स्थानमा छ। हक्स ४ खेलबाट ४ अंक छ र तालिकाको तेस्रो स्थानमा छ।