सेरेनाले युएस ओपन फाइनल हार्दा बेलायती युवराज्ञी मेघन धुरुक्कै रोइन्

युएस ओपन टेनिसको फाइनलमा फेरि सेरेना विलियम्स पराजित भएकी छिन्।

शनिबार राति सेरेनालाई क्यानेडियन १९ वर्षे खेलाडीइ बियान्का एन्ड्रीस्क्युले जितेकी छिन् ।

पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी बियान्काले ३७ बर्षिया पाकी उमेरकी सेरेनालाई ६–३ र ७–५ को सेटमा पराजित गरिन् ।

यो खेलमा सेरेना पराजित भएपछि बेलायती युवराज्ञी मेघन मर्केलले धुरुक्कै आँशु चुहाएकी थिइन्।

उनले खेल कोर्टमै पुगेर हेरेकी थिइन् । सेरेनाले चौथो फाइनलमा पराजय बेहोरेपछि जसरी मेघन रोएकी थिइन् यस्तो घटना दोहोरिन सक्ने भन्दै मेघनलाई अब घरमै (बेलायत) मै बस्न पनि आग्रह गरिएको छ।