सेमी फाइनलको हार पछि चेल्सीका खेलाडीहरू सँग हजार्ड हाँस्दै गरे पछि उनको आलोचना

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमी फाइनलबाट नकआउट भए पछि रियलका फ्यानहरू दु: खी रहेका छन्। सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई चेल्सी २–० ले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको थियो।

हाल उक्त खेल पछिको एक भिडियो भाइरल हुँदै गएको छ जसबाट रियलका फ्यानहरू खुसी छैनन्। खेल पछि रियलका स्टार हजार्ड चेल्सीका खेलाडीहरू सँग हाँस्दै गरेको उक्त भिडियोमा देख्न सकिन्छ र सो कुराबारे रियलका फ्यानहरूले हजार्डको आलोचना गरेका छन्।

हजार्ड २०१९मा चेल्सीबाट रियल आएका थिए। रियलले उनको लागि €१०० मिलियन खर्च गरेको थियो भने उनको फम रियलमा धेरै राम्रो हुन सकेको छैन। रियलमा उनले चोटबाट धेरै सङ्घर्ष गरेका छन्।

फ्यानहरू क्लबमा उनको फमबाट खुसी नरहेको समय च्याम्पियन्स लिगको सेमी फाइनलबाट रियल नकआउट भए पछि अन्य रियल खेलाडीहरू दु: खी रहेको समय उनी चेल्सीका खेलाडीहरू सँग उनी हाँस्दै गरेको भनेर उनको आलोचना हुँदै गरेको छ। केही फ्यानहरूले उनलाई ७ नम्बरको जर्सी नदिन पनि आग्रह गरेका छन्।

अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल खेल्नेछ । उसले सन् २००८ मा म्यानचेस्टर युनाईटेड सँग पेनाल्टी सुट आउटमा उपाधि भिडन्त गुमाएको थियो । त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।चेल्सीले च्याम्पियन्स लिगकाे उपाधिका लागि प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी सँग प्रतिस्पर्धा गर्नेछ ।