सेमिफाइलनमा नेपाल र मलेसिया खेल्ने

एसीसी यू-१९ इस्टर्न रिजनको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्ने भएको छ।

समूह चरणको अन्तिम खेलमा मलेसिया हङकङसँग ३ रनले पराजित भएपछि समूहको उपविजेता बन्यो । समूह ‘बी’ को उपविजेता मलेसियाले समूह ‘ए’ को विजेता नेपालसँग प्रतिस्पर्धा गर्ने तय भएको छ।

सेमिफाइनल खेल सोमबार हुनेछ । जसमा नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर प्रतिस्पर्धा गर्नेछन्।