सेमिफाइनल प्रवेशका लागि नेपाललाई जित्नै पर्ने दबाब

साफ च्याम्पियनको सेमिफाइनल प्रबेशका लागि नेपालले आफ्नो अन्तिम खेल जित्नैपर्ने दबाब सिर्जना भएको छ । हिजो भएको दोश्रो खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले हराएपछि नेपाललाइ दबाब बढेको हो । पहिलो हाफ गोलरहित टुङिगएको खेलमा बंगलादेशले ८५ औ मिनेट्मा लिएको अग्रतालाई कायम राख्दै खेल आफ्नो पोल्टामा पारेको हो । यो जितसंगै आयोजक राष्ट्र बंगलादेश समूह ‘ए’ को शिर्ष स्थानमा रहेको छ । उसले पहिलो खेलमा भुटानलाइ २-० ले निराश बनाएको थियो ।

त्यस्तै नेपाल र पाकिस्तान समान १ जित र १ हारसहित क्रमश दोश्रो र तेस्रो स्थानमा रहेका छन । गोलअन्तरले नेपाल दोश्रो स्थानमा रहेको हो । दुबै खेलमा हार बेहोरेको भुटान भने प्रतियोगिताबाट लगभग बाहिरिसकेको छ ।

नेपालले समुहचरणको आफ्नो अन्तिम खेल शनिबार आयोजक बंगलादेशसंग खेल्दै छ । घरेलु दर्शक र उत्कृष्ट लयमा रहेको बंगलादेश बिरुद्द जित निकाल्नै पर्ने दबाबमा उपाधि जित्ने लक्ष्यसाथ गएको नेपाललाइ सेमिफाइनल यात्रानै कठिन हुन पुगेको हो । सोही दिन हुने अर्को खेलमा भुटानले पाकिस्तानलाई हराएको खण्डमा पनि नेपाललाइ बाटो खुला हुनेछ ।