सेमिफाइनलमा सावित्राको ह्याट्रिक

भारतमा जारी हिरो महिला लिग फुटबलको दोस्रो सेमिफाइनलमा नेपाली फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक गरेकी छिन् ।

सेथु फुटबल क्लबकी सावित्राले एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबविरुद्ध ह्याट्रिक गरेकी हुन् । सावित्राले ४१,५९ र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् ।

गुरु नानक स्टेडियममा जारी खेलमा सेथुले एसएसबी सेन्ट्रलविरुद्ध ६-० को अग्रता बनाएको थियो ।

समूह ‘बी’ मा रहेको सेथु समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एसएसबी सेन्ट्रल समूह ‘ए’ को उपविजेता बनेको थियो ।