सेमिफाइनलमा भोलि ब्राजिल र अर्जेन्टिना भिड्दै, खेल कति बजे? पुरा जानकारी

कोपा अमेरिकामा भोलि बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । आफ्नो घरेलु मैदानमा खेलिरहेको ब्राजिल र पाहुना टोली अर्जेन्टिना प्रतियोगिताको फाइनल पुग्न सेमि फाइनलमा आमनेसामने हुन लागेका हुन् । यो खेल नेपाली समयअनुसार भोलि बिहान ६ः१५ बजेबाट सुरु हुनेछ ।

ब्राजिल र अर्जेन्टिना विश्व फुटबलमा चीर प्रतिद्वन्द्वी टोली हुन् । यी दुई देशको प्रतिस्पर्धाको इतिहास धेरै लामो छ ।

यसअघि क्वार्टरफाइनलमा ब्राजिलले पराग्वेलाई पेनाल्टी सुटआउमा ४–३ ले हराएर सेमिफाइनल पुग्दा अर्जेन्टिनाले भेनेज्वेलालाई २–० ले हराएर सेमिमा ब्राजिलसँगको भेट पक्का गरेको थियो । घरेलु टोली ब्राजिलले समूह चरण र क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेर अघि बढे पनि अर्जेन्टिनाले भने समूह चरणबाटै ठूलै संघर्ष गर्नुपरेको थियो ।

घरेलु टोलि ब्राजिलले आफ्नो खास प्रतिस्पर्धीविरुद्ध उत्रिँदा ऊसँग पहिलो रोजाइका सबै खेलाडी उपलब्ध हुनेछन् । यता, अर्जेन्टिनी टिममा मेस्सीको कप्तानीमा पहिलो रोजाइको टिम उत्रिनेछ ।