सेमिफाइनलमा नेपाल र माल्दिभ्स भिड्दै, यस्तो छ इतिहास

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्सविरुद्ध मैदानमा उत्रिँदैछ ।

बुधबार हुने सेमिफाइनलका लागि नेपाली टिमले आज धनमुण्डी मैदानमा अभ्यास सकेको छ । हिजो पूर्ण रुपमा आराम गरेका खेलाडीले आज हल्का अभ्यासमात्र गरे ।

समग्रमा चौथो पटक सेमिफाइनल खेल्न लागेको नेपाली टिमका लागि माल्दिभ्स केही कमजोर देखिएको छ । समूह चरणको दुई खेलमा एक बराबरीका कारण माल्दिभ्स टसमा भाग्यमानी बन्दै सेमिफाइनलमा पुगेको हो । उसले श्रीलंकासँग गोल रहित बराबरीमा अंक बाँढेको थियो भने भारतसँग २–० को हार ब्यहोरोको थियो ।