सेमिफाइनलमा थ्री स्टार एपीएफसंग पराजित

तेस्रो चन्द्रागिरी मेयर गोल्ड कप अन्तर्गत आज बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबले एपीएफसंग हार बेहोरेको छ ।

खेलमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो त्यस्मा पनि गोल हुन नसके पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

सुटआउटमा एपीएफले जित निकाल्दै फाइनलमा नेपाल पुलिससंग खेल तय गरेको छ ।