सेभिल्ला दोस्रो स्थानमा उक्लियो, बार्सिलोनालाई दोहोरो दवाब

ला लिगाअन्र्तगत आइतबारको खेलमा सेभिल्लाले जित निकालेको छ । जारी लिगको १६ औं साताको अन्तिम खेल खेलेको सेभिल्लाले जिरोनालाई २–० ले पराजित गरेको हो ।सेभिल्लाको घरेलु मैदानमा भएको सो खेलमा घरेलु टोलीलाई जिताउन इभर बनेगा र पाब्लो सराबियाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो भने दोस्रो हाफमा सेभिल्लाले दुई गोल गर्यो ।

सेभिल्लाका लागि बनेगाले ५५ औं मिनेटमा पेनाल्टीमा गोल गरे भने पाब्लोले खेलको ६४ औं मिनेटमा गोल गर्दैै घरेलु टोलीलाई ३ अंक दिलाए ।

यससँगै सेभिल्लाले १६ खेलबाट ३१ अंक बनाएको छ । उसले शीर्ष स्थानको बार्सिलोनासँग बराबरी अंक बनाउँदै लिग लिडर बार्सिलोनालाई थप दवाब सिर्जना गरेको छ । शीर्ष स्थानको बार्सिलोनाले १५ खेलबाट ३१ अंक बनाएको हो भने उसले आजै राति हुने अर्को खेलमा लेभान्टेसँग खेल्दैछ ।

अंक तालिकामा एथ्लेटिको मड्रिडले ३१ अंकका साथ दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा २९ अंकका साथ रियल मड्रिड रहेको छ ।