सेभिल्लाको ट्रोलमा बार्साको कडा जवाफ

बुधवार राति भएको स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलको दोस्रो लेगमा सेभिल्लालाई अतिरिक्त समयमा ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना उपाधि नजिक पुगेको हो ।

जित पछि बार्साले सेभिल्लाको ट्रोलले गरेको ट्रोलको निकै कडा जवाफ दिए। पहिलो लेगमा सेभिल्लाले बार्सा विरुद्ध २-०को जित हासिल गरेको थियो खेल पछि सेभिल्लाले बार्साको च्याम्पियन्स लिगमा ४-१को हारको फोटो प्रयोग गर्दै ट्विटरमा ट्रोल बनाए। पिएसजी विरुद्ध पिकेले एम्बाप्पेको जर्सी तानेको फोटोको सेभिल्लाले मेमे बनाएको थियो।

हाल बार्सिलोना घरेलु मैदानमा उत्कृष्ट पुनरागमनको साथ फाइनलमा पुगेको छ र बार्साले ट्विटरमा सो ट्रोलमा ‘फुटबल भनेको सम्मान बारे हो, शुभ रात्रि’ भनेर सो जवाफ फर्काए।

खेलको १२ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ७३ औँ मिनेटमा सेभियाले पेनाल्टीको अवसर पायो । तर,लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले उत्कृष्ट बचाऊ गरे ।

खेलको इन्जुरी समयमा फेर्नान्डोले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि सेभिल्ला १० खेलाडीमा समेटियो । इन्जुरी समयको चौथो मिनेटमा बार्सिलोनाका पिकेले गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनायो ।

पिकेको गोलसङै बार्सिलोना र सेभियाबीचको खेल समग्रमा २-२ को अवस्थामा पुग्यो । र, खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा बार्सिलोनाका ब्रेथवेट चम्किए । उनले ९५ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।