सेभिल्लाका खेलाडीले बार्साका खेलाडीको मुखमा बल फ्याँके पछि

मङ्गलवार ला लिगामा बार्सिलोना र सेभिल्ला बिच खेल भएको थियो भने खेल १-१ गोलको बराबरीमा रोकिएको थियो तर हाल उक्त खेलको नतिजा भन्दामा पनि खेलमा भएको घटना ’bout हाल धेरै चर्चा हुँदै गरेको छ। खेलमा सेभिल्लाका जुलेस कौंडेले बार्साका खेलाडीको मुखमा बल फ्याँके पछि उनले सिधै रातो कार्ड पाए।

खेलको ६३औँ मिनेटमा सेभिल्लाका जुलेस कौंडे बल अगाडी लाग्ने क्रममा थिए भने बार्साका जोर्डी अल्बाले उनलाई धक्का दिए पछि जुलेस कौंडे अल्बाको व्यवहारबाट खुसी थिएनन् र उनले थ्रो-इनको लागि बाहिर गएको बल बार्साका जोर्डी अल्बाको मुखमा फ्याँके ।

मुखमा बलले लागे पछि जोर्डी अल्बा मैदानमा लडे भने रेफ्रीले सेभिल्लाका स्टार खेलाडीलाई रातो कार्ड देखाए। हाल उक्त घटनाको भिडियो धेरै भाइरल हुँदै गएको छ भने सेभिल्लाका खेलाडीको आलोचना हुँदै गरेको छ।

जुलेसले रातो कार्ड पाएपछि सेभिल्ला १० खेलाडीमा समेटिएको थियो। खेल भने १-१को बराबरीमा अन्त्य भयो भने खेल पछि बार्सिलोना १८ खेलमा २८ अङ्क को साथ लिगको सातौँ स्थानमा रहेको छ । सेभिल्ला ३८ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।