सेभिलासँग लिभरपुल पराजित

प्रि सिजन मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेभिलासँग इंग्लिस क्लब लिभरपुलले हार बेहोरहेको छ।

आइतबार राति सम्पन्न खेलमा सेभिलाले लिभरपुललाई २-१ ले पराजित गरेको छ। सेभिलाको जितमा नोलिटो र एलेजेन्ड्रो पोजोले गोल गरे। लिभरपुलका लागि डिभोक ओरिडीले गोल फर्काएका थिए।

खेलको पहिलो हाफको ३७ औं मिनेटमा नोलिटोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए। तर खेलको ४४औं मिनेटमा ओरिडीले गोल गरेपछि १-१ गोलको बराबरी भयो।

खेलको ७६ औं मिनेटमा जोरिस गङनोनले रातो कार्ड खाएपछि सेभिला १० खेलाडीमा सीमित भयो । १० खेलाडीमा सीमित सेभिलाविरुद्ध बाँकी समयमा लिभरपुलले गोल फर्काउन सकेन। खेलको अन्तिम ९० औं मिनेटमा गोल खाए। पोजोलले गोल गर्दै सेभिलाले २-१ ले खेल जित्यो।