सेभियाले राख्यो म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर भित्र्याउन यस्तो प्रस्ताव

म्यान्चेस्टर युनाइटेडका फ्रेन्च स्ट्राइकर एन्टोनी मार्सियालले क्लब छोड्न चाहेको कुरा युनाइटेडका प्रशिक्षक राल्फले पुष्ठि गरेका छन् ।

७ सिजन युनाइटेडमा बिताइसकेको भन्दै नयाँ गन्तव्य खोजी रहका मार्सियाललाई स्पेनिस क्लब सेभियाले लोन प्रस्ताव राखेको छ ।

यद्यपि, युनाइटेडले सो प्रस्तावलाई कुनै जवाफ भने दिएका छैनन् ।

२६ वर्षिय स्ट्राइकरको म्यान्चेस्टर युनाइटेडसंग अझै २ वर्ष ६ महिनाको सम्झौता बाकी नै रहेको छ र £२००००० प्रती हप्ता कमाउने गर्छ ।

युनाइटेडका प्रशिक्षकले भने राम्रो प्रस्ताव आए बेच्ने प्रष्ट पारेको छ ।

मार्सियालले युनाइटेडका लागि २६८ खेल खेल्दा ७९ गोल गरिसकेका छन् ।