सेभियाबिरुद्धको खेलमा भिनिसियस जुनियरको यस्तो अनौंठो मिस

ला लिगामा शनिबार राति भएको खेलमा रियलले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको थियो तर हाल सो खेलमा  भिनिसियस जुनियरले गरेको  निकै अनौंठो मिसको भिडियो सामाजिक संजालमा भाइरल हुदै गएको छ। ।

सो खेलमा रियल मड्रिडको निकै कठिन जित १-०को जित रहेको थियो र सो गोल पनि ओन गोल रहेको थियो। तर खेलको ८औ मिनेटमा भिनिसियस जुनियरको अगाडी निकै राम्रो मौका रहेको थियो। गोलकिपरले उनकै अगाडी बल ड्रोप गरे जसलाई सजिलो संगै गोल गर्ने मौका भिनिसियस संग थियो तर उनले सो बललाई छुन समेत सकेनन र उनले निकै अनौंठो मिस गरे।

२० वर्षका उक्त स्टारको मिसको हाल धेरै मिमहरु बनेको छ र फ्यानहरु अविश्वास छन् कि उनले सो मौका कसरी मिस गरे।