सुवारेज कोरोना मुक्त

NO USAR SIN HABLAR CON FOTOGRAFIA

सुवारेज बिहिबार कोरोनामुक्त भएका छन। कोरोनाको रेपोर्ट नेगेटिभ आएसंगै उनि प्रशिक्षणमा फर्केको हो।

३३ बर्षे स्ट्राइकर डिएगो सिमोनेका लागि उपलब्ध हुने छन। एट्लेटिको म्याड्रिड्ले यस साता रियल भालाडोइडबिरुद्ध खेल्ने छन।

सुवारेज कोरोना पोजेटिभ भएसंगै बिगत दुई हप्ता देखि क्वारेन्टाइनमा रहदै आएका थिए। उनी उरुगुएको प्रशिक्षणको क्रममा कोरोना संक्रमीत भएका थिए।

सुवारेज एट्लेटिको लागि मुख्य खेलहरु गुमाए। ला लिगामा बार्सिलोना, भ्यालेन्सिया तथा च्याम्पियन्स लिगमा लोकोमोतिभ मोस्को र बायर्न म्युनिखहरु जस्ता खेल कोरोनाका कारण खेलहरु गुमाएका थिए। उन्को अभावमा एट्लेटिकोले मात्र ३ गोल गरे ४ खेलमा।