“सुपर लिग बिना क्लबहरूको लागि एम्बाप्पे र हालान्ड साइन गर्न असम्भव छ”

हाल युरोपियन सुपर लिगको योजना रोकिए पनि रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज सुपर लिगको समर्थनमा रहेका छन्। अहिले उक्त सुपर लिग रद्द भए पनि पछि सो योजना पुरा हुने र क्लबहरूलाई सुपर लिगको आवश्यक हुने उनले दाबी गरे।

चर्को विरोध पछि क्लबहरूले उक्त सुपर लिगबाट आफ्नो नाम फिर्ता लिन थाले र सो कुराबाट फ्लोरेन्टिनो पेरेज खुसी छैनन् र अहिलेको अवस्थामा सुपर लिग ठुलो क्लबहरूको लागि धेरै महत्त्वपूर्ण रहेको बताए भने सो सुपर लिग बिना हालका सुपरस्टार एम्बाप्पे र हालान्ड जस्तो खेलाडी साइन गर्न असम्भव रहेको उनले दाबी गरे।

“सामान्यतया, यस गर्मीमा त्यहाँ ठुलो ट्रान्सफर हुनेछैन। पेरेजले दाबी गरे।

“जब धनी क्लबहरूबाट गरिब क्लबहरूमा पैसा प्रवाहित हुँदैन, सबैले दुःख पाउँछन्।

“सुपर लिग बिना एम्बाप्पे र हालान्ड जस्तो खेलाडी साइन गर्न असम्भव छ, रियल म्याड्रिडको लागि मात्र होइन।

“यदि हामीले यस गर्मीमा एम्बाप्पेलाई गरेनौ भने मलाई लाग्दैन कि कुनै प्रशंसक आक्रोशित हुने छन्।

“उनीहरूलाई थाहा छ हामी सकेसम्म प्रयास गरिरहेछौँ, र यदि यो हुँदैन भने यो असम्भव भएको कारण हो।”