सुपर लिग फुटबल प्रतियोगितामा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स मेनेजमेन्टकाे

नेपालमा पहिलो पटक आयोजना हुन लागेको सुपर लिग फुटबल प्रतियोगिताका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट्स मेनेजमेन्टले साथ दिएको छ ।

नेपाल फुटबल खेलको इतिहासमा नै पहिलो पटक अखिल नेपाल फुटबल संघले खेलको दिगो विकास र विस्तार गर्न विकेन्द्रिकरणको नीतिअनुसार काठमाडौं बाहिर पनि लिग फुटबल प्रतियोगिता गर्न लागेको हो । जसमा अगामी वर्ष प्रदेशस्तरीय नेपाल सुपर लिग फुटबल प्रतियोगिता गर्ने भएको छ ।

जसमा नेपालका सात प्रदेशमा फुटबल टिम तयार पारेर नेपालका कर्पोरेट हाउसको संलग्नतामा प्रदेशको उत्कृष्ट फुटबल टिम बनाइनेछ । यी टिम र ए डिभिजन लिगमा सहभागी १४ टिममा रहेका उत्कृष्ट एक सय ३४० खेलाडी छनोट गरेर प्रदेशस्तरीय टिमहरुमा समान रुपले प्रदान गरेर उत्कृष्ट टिम बनाइ प्रदेशको फुटबल टिमहरुबीच प्रतिस्पर्धा गराइनेछ ।

यसरी सात प्रदेशका टिमलाई सिंगल राउण्ड रोविन लिग प्रणाली अनुसार न्यूनतम भौतिक पूर्वाधार भएको प्रदेशमा प्रतियोगिताहरु आयोजना गरिनेछ ।

प्रतियोगितामा २१ म्याचहरु र चार प्लेअफ गरी जम्मा २५ म्याच हुनेछन् । प्रतियोगिताको प्राविधिक व्यवस्थापन एन्फाले गर्नेछ भने टिम तयारी र व्यवस्थापनको सबै काम नेपाल स्पोर्टस एण्ड इभेन्ट कम्पनीले गर्नेछ ।

यसका साथै यो कम्पनीसँग मिलेर एन्फाले देशका विभिन्न जिल्लाका उत्कृष्ट विधालयको सहभागितामा करिब ११ उत्कृष्ट टिमको छनोट गरी ५५ खेलहरु खेलाउनेछ । करिब छ महिनासम्म चल्ने यो प्रतियोगितामा हरेक साताको अन्तिममा खेल हुनेछन् ।