फिफा विश्व कपमा सोमबार ब्राजिलले प्रतियोगितामा आफ्नो दोस्रो खेल स्विट्जरल्याण्ड विरुद्ध खेल्दै छ भने उक्त खेलको लागि ब्राजिलियन सुपरस्टार नेमार भने टिममा परेका छैनन् र सो कुराको कारण भने सर्बियाविरुद्धको खेलमा उनलाई लागेको चोट रहेको छ।
Brazil must do without injured star forward Neymar against Switzerland at the #WorldCup2022 on Monday as Cristiano Ronaldo looks to lead Portugal into the last 16 in Qatar in a clash with Uruguay later on https://t.co/QFQATqCLef #AFPSports pic.twitter.com/d1xoyQkPvY
— AFP News Agency (@AFP) November 28, 2022
सर्बियाविरुद्धको खेलमा नेमार माथि ९ पटक फाउल भएको थियो भने ६९ औँ मिनेटमा उनी माथि खतरनाक फाउल भएको थियो जसको कारण उनको दुवै खुट्टाको एन्कलमा चोट लागेको थियो भने उनले अब स्विट्जरल्याण्ड विरुद्धको खेल सहित बाँकी ग्रुप स्टेजको खेलहरू गुमाउने भएका छन्।
चोट लागे पनि १० मिनेट सम्म उनले खेले भने खेलको ७९औँ मिनेटमा उनलाई कोचले मैदान बाहिर निकाल्ने निर्णय लिए।
हाल खबर अनुसार उक्त चोटको कारणले नेमार ब्राजिलको बाँकी ग्रुप चरणको खेल गुमाउने छन्। ब्राजिलले समूह जीमा स्विट्जरल्याण्ड र क्यामरुन विरुद्ध खेल्ने छ भने उक्त दुई खेल नेमारले चोटको कारण गुमाउने रिपोर्ट आएको थियो भने हाल उनी स्विट्जरल्याण्ड विरुद्धको खेलको लागि टिममा नपरेको पुष्टि भएको छ।
ग्रुप स्टेज पछिको खेल सम्म उनको चोट निको हुने खबर छ भने राउन्ड अफ १६को खेलको लागि उनी उपलब्ध हुने आसा गरिएको छ।