सुनिल छेत्रीको ह्याटि्रकमा भारतले बजायो पाकिस्तानको ब्यान्ड

साफ च्याम्पियनसिप अन्तर्गत आज भएको दोस्रो खेलमा भारतले पाकिस्तानमाथी फराकिलो जित हासिल गरेको छ ।

भारतले पाकिस्तानबिरुद्ध ४-० को सान्दार जित निकालेको हो ।

सुनिल छेत्रीले ह्याटि्रक भने उदान्ताले एक गोल गरेको थियो ।।

खेलको १० औं मिनेटमा पाकिस्तानका गोलकिपरको गल्तीमा सुनिल छेत्रीले फाइदा लिदै सुरुवाती अग्रता दिलाए ।

१६ औं मिनेटमा सुनिल छेत्रीले पेनाल्टी मार्फत गोल गर्दै २-० को अग्रता बनाउन मद्दत गरे ।

७४ औं मिनेटमा फेरि सुनिल छेत्रीले पेनाल्टी मार्फत गोल गर्दै ह्याटि्रक पूरा गर्दै ३-० को अग्रता दिलाए ।

८१ औं मिनेटमा उदान्ता सिंहले गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।

जितसंगै भारत समुहको शीर्ष स्थानमा रहेको छ भने कुवेत दोस्रो स्थानमा रहेको छ । नेपाल तेस्रो स्थानमा छ भने पाकिस्तान पुछारमा रहेको छ ।