सुधारका लागि महिनौं लाग्ने युनाइटेडको प्रशिक्षकको भनाइ

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका हालका प्रशिक्षक राल्फ रयाङनिकले सुधारका लागि महिनौं पनि लाग्न सक्ने भनेका छन्। रिपोर्टका अनुसार उनले तात्कालै लिगका बलिया क्लबहरुलाई चुनैती दिने यथार्थपरक नरहेको जनाएका छन्। 

रयाङनिक हालै युनाइटेडको कार्यवाहक प्रशिक्षकका रुपमा नियुक्त भएका हुन्। उनले यस सिजनको अन्त्य सम्म क्लबको कार्यवाहक प्रशिक्षकको भुमिका निर्वाह गर्नेछन्।